Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /स्वास्थ्य
स्वास्थ्य

भुल्केसहित आठ स्थान खतरायुक्त

ब ब्लाष्ट खबर वैशाख ११, २०७७ ३ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
भुल्केसहित आठ स्थान खतरायुक्त

उदयपुर । त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले भुल्केसहित आठ स्थान कोरोना सङ्क्रमणको खतरा क्षेत्र बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर र सिवाइ अहिले कोरोनाको डेन्जर जोनको रूपमा देखिएको छ ।

स्वास्थ्य कार्यलय प्रमुख मोहन सुवेदीका अनुसार भुल्केको नुरी मस्जिद क्षेत्र र मुस्लिम समुदायका मानिसमा कोरोना सङ्क्रमण देखिएपछि भुल्केका मुस्लिमको उठबस तथा आवतजावत यी अन्य आठ स्थानमा सम्बन्धित क्षेत्रका मुस्लिमसहित अन्य समुदायसँग पनि हुने गरेका कारण स्वास्थ्य कार्यालय उदयपुरले यी आठ स्थानलाई ‘डेन्जर जोन’मा राखेको हो ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार त्रियुगा नगरपालिकाको भुल्केपछि यी आठ स्थान क्षेत्र आसपास खतरा बढ्दै गएका कारण नगरपालिकाले यी क्षेत्रलाई तत्काल डेन्जर जोनमा रोखेको प्रमुख चौधरीले बताए । शुरुमा भुल्केको नुरी मस्जिदमा लुकेर रहेका १२ भारतीय मुस्लिम नागरिकमा कोरोनाको सङ्क्रमण देखापरेपछि भुल्केका अन्य मुस्लिमहरुमा पनि कोरोनाको सङ्क्रमण सर्दै गएका कारण अहिले भुल्केमा १२ भारतीय नागरिकसहित १६ स्थानीय मुस्लिममा पनि कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

भुल्केकोका बासिन्दा नै गाईघाट क्षेत्रसहित देउरी, जलजले, जोगीदह, मोथ्याइसहित चौदण्डी नगरपालिकाको सिवाइ र सुन्दरपुर क्षेत्रका नागरिकसँग आवतजावत तथा उठबस गर्ने कारण सम्बन्धित क्षेत्रसमेत अहिले कोरोनाको डेन्जर जोन बनेको स्वास्थ्य कार्यलयका पदाधिकारी बताउँछन् । यस विषयमा उदयपुरबाट प्रदेश १ का प्रदेशसभा सदस्य बिमल कार्की, नारायण बुर्जा र अम्बिका थापासँग जानकारी माग्दा आफूहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराइसकेको र प्रदेशले जिल्लाका सबै स्थानमा स्वाब नमूना सङ्कलन र परीक्षणको पहल गरिरहेको बताए ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द राई र बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले पनि जिल्लाको भुल्केबाहेक ती क्षेत्रमा तत्काल प्रदेश सरकार र सङ्घीय सरकारले सम्बन्धित क्षेत्रका स्थानीयवासीमा कोरोनासम्बन्धी स्वाब सङ्कलन र जाँच र परीक्षणका लागि चाँडोभन्दा चाँडो उचित व्यवस्था गर्न माग गर्नुभएको छ ।

समयमै यी स्थानका बासिन्दाको स्वाब नमूना सङ्कलन र परीक्षण नगरे जिल्लामा झनै कोरोनाको सङ्क्रमण तीव्ररूपमा फैलन सक्ने र सबै जिल्लावासी प्रभावित हुनसक्ने अवस्था आएको जिल्लाका जनप्रतिनिधि, कर्मचारी प्रशासन, नागरिक समाज तथा स्थानीय बासिन्दा बताउँछन् । भुल्केसहित आठ स्थान कोरोनाको डेन्जर जोन बनेपछि अहिले यी सबै स्थानमा प्रहरी परिचालन गरिएको र गाउँलेलाई अन्यत्र जान र अन्यत्रबाट सम्बन्धित गाउँमा प्रवेश गर्न रोक लगाएर प्रहरी प्रशासनले निगरानी शुरु गरेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताएका छन् ।

उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केगाउँमा बुधबार चार व्यक्ति कोरोनाबाट थप सङ्क्रमित भएको पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । अब त्रियुगा नगरपालिकाको भुल्केस्थित एउटै मुस्लिम टोलमा १२ भारतीय मुस्लिम नागरिकसहित भुल्केका १६ मुस्लिम नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
कार्तिक २, २०८३
`कोशीका कथाहरू’ वेब सिरिजमा बाढी र विस्थापनको पीडा
कार्तिक २, २०८३
भारतमा ट्रक दुर्घटनामा १२ जनाको मृत्यु
कार्तिक २, २०८३
छापा संस्करण [ePaper]
  1. सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
    कार्तिक २, २०८३
  2. `कोशीका कथाहरू’ वेब सिरिजमा बाढी र विस्थापनको पीडा
    कार्तिक २, २०८३
  3. भारतमा ट्रक दुर्घटनामा १२ जनाको मृत्यु
    कार्तिक २, २०८३
  4. सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता
    कार्तिक २, २०८३
  5. भारतमा युवा आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सीडीपी नेपालको माग
    कार्तिक २, २०८३
  6. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  7. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  8. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  9. ४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
    असोज ३०, २०८३
  10. आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको पूजा आराधना गरिँदै
    असोज ३०, २०८३
  11. दसैँको मुखमा राष्ट्रिय वाणिज्य बैङ्कमा सेवाग्राहीलाई सास्ती
    असोज ३०, २०८३
  12. धरानलाई सडक मानवमुक्त बनाउने अभियान
    असोज ३०, २०८३
  13. विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा अहिलेबाटै ध्यान देऊ
    असोज ३०, २०८३
  14. आजको राशिफलः २०८३ साल असोज ३० गते शुक्रबार
    असोज ३०, २०८३
  15. धरानमा जुवाजन्य खेल खेल्न नपाइने
    असोज २९, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड