धरान  / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिउको टेष्ट मध्य तीन जनामा पोजेटिभ देखिएको छ । २४, ६० र ७२ बर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ पुगेको छ भने नेपालमा ४५ जना पुगेको छ ।

आज तीन जनासहित ६ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका महाशाखा प्रमुख डा. बिकास देवकोटाले जानकारी गराएका छन् ।

नयाँ संक्रमितहरु मोरङको टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरु हुन् । उनीहरु उदयपुरमा पहिलो पटक भेटिएका १३ जना संक्रमितसँगै विराटनगर ल्याइएका चारजना मध्ये भएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिएका छन् । उनीहरूकाे  नमुना स्वाब अाज प्रतिष्ठानमा पुन परीक्षण गरिएकाे थियाे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायकाे पत्रकार सम्मेलन यहाँबाट हेर्नुहाेस् ।

94310048_718872368884456_6341495779202433024_n