धरान / उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के स्थित नुरी मस्जिदमा बसेका र उनीहरूको सम्पर्कमा आएका ११ जना स्थानीयसहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि भुल्के र छिमेकी गाउ सिवाईलाई शिल गरिएको छ ।
भुल्के र चौदण्डीगढी नगरपालिकाको वडानं ५ सिवाईमा रहेको मस्जिद आसपासको गाउँलाई शिल गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिए ।
त्यहाँका मानिसलाई अन्य गाउँमा जान र उक्त गाउँमा अन्यत्रबाट प्रवेश गर्न रोक लगाइएको छ । नेपालमा सबै भन्दा बढि संक्रमित भएको जिल्ला उदयपुर भए पछि राज्यको ध्यान पनि त्यही केन्द्रित भएको छ ।
जिल्ला भरका आरडिटी परीक्षणका लागि २ हजार जना र पिसिआर परीक्षणका लागि २ सय ५० जनाको नाम संकलन गरि प्रदेश र संघीय सरकारलाई जानकारी गराइएको प्रजिअ पहाडीले बताएका छन् । गाउँमाा अन्य थप व्यक्तिहरुलाई पनि क्रमशः परीक्षण गरिने भएको छ ।
उदयपुरमा रहेका ९ वटा मस्जिद, ७ वटा मदरसासँगै जिल्लामा रहेका चर्च, गुम्बा, मन्दिरहरूमा समेत प्रहरी परिचालन गरी निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरमा यति धेरै संक्रमितका कारण खोज्न प्रशासनले शुरु गरेको छ । भुल्केमा देखिएको कोरोना संक्रमणको कारण जमाती हुन् वा विदेशबाट फर्किएकाहरु हुन भन्ने खुल्न सकेको छैन्