धरान / नेपालमा कोभिड १९ पुष्टि भएको संख्या ४२ पुगेको छ । ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार ४ जना निको भएर घर फर्किसकेका छन् ।
आज एकैदिन २ महिलासहित ११ जनामा पोजेटिभ देखिएको छ । २ सय ६० जनाको काठमाण्डौंस्थित जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ३ जनाको नतिजा पोजेटिभ देखिएको थियो । दुईजना उदयपुरका रहेका छन् ।

यस्तै, ६९ जनाको परीक्षण विराटनगरस्थित कोशी अस्पतालमा गरिएकोमा ८ जनाको पोजेटिभ देखिएको छ । । धरानस्थित वीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको थियो । उनीहरुलाई विराटनगरको कोराना अस्पतालमा राखिएको डा अधिकारीले आज विज्ञप्ति जारी गरि जनाएका छन् ।
सक्रमितको अवस्था सामान्य
नेपालमा हालसम्म ४२ जना स।क्रमित देखिएका छन् । तीमध्य ४ जना निकोभएर घर फर्किउका छन् । अन्य उपचारमा रहेकाहरुको अवस्थासामान्य रहेको मन्त्रालयले जनाएको छ । ‘संक्रमितहरुको अवस्था सामान्य छ । उहाँहरु पनि निको भएर घर जानु हुन्छ । चिन्तालिइहाल्नु पर्ने अवस्था छैन् ।’–डा अधिकारीले भने– संयमित भएर सबै सुरक्षित रहौं ।’ हालसम्म ८ हजार ७७३ को परिक्षण गरिएकोमा ४२ जनामा संक्रमण देखिएको हो  । १०७ लाई आइसोलेसनमा राखिएको छ भने ४जना निको भएर घर फर्किएको मनत्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे  काेराेनाबारे जानकारी