उर्लाबारी । उर्लाबारी नगरपालिकाका आईतबार ¥यापिट डाईग्नेष्टिक टेष्ट  (आर.डि.टी.) परिक्षण गरीएका सवै जनाको रिर्पोट नेगेटिभ देखिएको छ ।

उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालमा नगरका वडा नं.१, २ र ३ नं. निवासी १० महिला सहित ३८ जनाको आर.डि.टी. परिक्षण गर्दा सवै जनाको रिर्पोटमा नेगेटिभ देखिएकोे उर्लाबारी नगरपालिका स्वस्थ्य सह–संयोजक सुरेश खड्काले बताएका छन ।

गत महिनामा भारत सहित अन्य देशबाट आएका नागरिकहरुको आर.डि.टी. परिक्षण गरीएको हो । अन्य वडामा पनि यसै साता परिक्षण किट उपलब्ध भए पछि  परिक्षण गरीने तयारी गरीएको सो शाखाले जनाएको छ । नगरमा गत महिना भारत सहित अन्य देशबाट ६५ जना नागरिकहरु आएको सो शाखाले जनाएको छ ।