एजेन्सीी । फगानिस्तानको राष्ट्रपति कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ । सरकारी उच्च अधिकारीहरुले नाम सार्वजनिक नगर्ने सर्तमा दिएको जानकारी अनुसार राष्ट्रपति कार्यालयका कम्तीमा २० जना सङ्क्रमित भएका छन् । सङ्क्रमण भएकाहरुसँग राष्ट्रपति अशरफ घानीको सम्पर्क भएको थियो कि थिएन भन्ने बारेमा एकीन नभएको उनीहरुको भनाइ छ ।
राष्ट्रपति कार्यालयका कर्मचारी नै कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयमा राष्ट्रपति कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन । क्यानसर रोगबाट पिडित ७० बर्षीय घानी कोरोनाभाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको बताइएको छ । अफगानिस्तानमा सोमबारसम्म ९९३ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।
उनीहरु अधिकांश विदेशबाट आएकाहरु रहेका छन् । अफगानिस्तानका झण्डै दुई लाख नागरिक पछिल्लो दुई महिनामा इरानबाट स्वदेश फर्किएका थिए । उनीहरु आएको देश इरान कोरोनाभाइरसबाट अत्यधिक प्रभावित देशमा पर्दछ । इरानमा अहिलेसम्म ८२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढीको मृत्यु भएको छ ।