लक्ष्मीमार्ग । लेटाङमा विदेशबाट भर्खरै आएकाहरु तथा हालै नेपालका विभिन्न ठाँउमा घुमेर आएकाहरुलाई र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको छ । सो परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ भएपछि नगरबासीमा कोरोनाको त्रासमा कमि आएको छ ।

उनिहरुलाई कोरोना संक्रमणको आशंकामा आरडीटी गरिएका र रिपोर्टमा सबैको नेगेटिभ भेटिएको हो । ३ जना महिला र ३० जना पूरुष गरी ३३ जनाको आरडीटी गरिएको स्वास्थ्य प्रमुख महेन्द्र चौधरीले जानकारी दिए । आईतावार देखि सुरु गरिएको सो परीक्षण सोमवार सकिएको जानकारी दिदै उनले परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ रहेको बताएका छन् ।