मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा लकडाउनलाई थप कडाई गरिएको छ । अत्यावसेक सेवा बाहेक अन्य सेवा बन्द हुने भनी यस अघी बिहान ७–१० बजे सम्म बजार खुल्दै आएका थिए । तर मानिशको चाप अधिक बढ्दै गएको र अत्यावश्यक सेवा बहेकका पशलहरु समेत खुल्ने गरेको पाइएको थियो ।
सोमबार बिहान एकाएक मधुमल्ला बजारमा मा बजार आउनेको संख्या अत्याधिक देखी पछि प्रहरीको साथी म स्वयम सेवक समुह मिक्लाजुङ ७ र ९ , इलाका प्रहरी कार्यालय मधुमल्ला, सम्बन्धीत वडाका वडाध्यक्षहरु समेतले बजार बन्द गर्न आवहान गर्दै हिंडेका थिए ।
सोमबार एक सुचना जारी गर्दै मिक्लाजुङ गाउँपालिकाले मिक्लाजुङका सम्पुर्ण बजार तथा पशलहरु अर्को सुचना नभए सम्मका लागि बन्द गर्ने जनाएको छ । यसबाट सर्वसाधारणमा पर्न गएको असुबीधा प्रति पालिकाले क्षमा याचान गरेको छ । यो सुचनालाई पालना नगरी अटेर गरेमा प्रचलीत कानुन बमोजिम कावार्ही हुने सुचनामा उल्लेख छ ।
यस्तै अत्यावसेक काम परेको खण्डमा सम्बन्धीत वडाका जनप्रतिनिधी र स्थानीय प्रशासन संग समन्वय गरी आवस्यक कार्य गर्न सक्ने मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य द्धार हस्ताक्षरीत सुचनामा उल्लेख छ । साथै यस बिषम परिस्थितीमा घरभित्रै बसेर रोग संग लडन र सुरक्षित रहन अनुरोध गरिएको छ ।