मधुमल्ला । गएराती बर्षा संगै आएको आवा हुरीले प्रदेश नं. १ सरकारले मोरङको मिक्लाजुङ गाउँपालिकामा निमार्ण गरेको क्वारेन्टीनमा सामान्य क्षती पुर्याएको छ । गएराती हावा हुरी सहित आएको बर्षाले ४० वटा क्वरेन्टीनको पाल उडाएर क्षती पुर्याएको सुर्यदल गणका मेजर प्रवेश दाहालले बताए ।
स्वास्थ्य सर्तकताका अपनाएर हावाले क्षती पुर्याएको क्वारीन्टीनको मर्मत तथा व्यवस्थापन छिटै गरिने दाहालले बताए । प्रदेश १ सरकारले निर्माण गरेको सो क्वारेनटीन २०० जना क्षमताको रहको र हाल सो क्वारीन्टिनमा १२ जानलाई राखीएको मेजर प्रवेश दाहालले जानकारी दिए ।