धरान । दबङ्ग ब्वाइ सलमान खानले कोरोना भाइरस सचेतना सम्बन्धी गीत ल्याएका छन् ।

खानले ‘प्यार कोरोना’ शीर्षकको गीत ल्याएका हुन् । उनले युट्युब च्यानलमा आजबाट गीत सार्वजनिक गरेका हुन् । गीतमा कोरोना महामारीविरुद्ध लड्नका लागि अभिप्रेरित गरिएको छ । साजिद खानले कम्पोज गरेको गीत सलमान खानले लेखेका हुन् ।

प्यार कोरोनालाई अङ्ग्रेजीमा ‘लेट्स लभ कोरोना’ भनिएको छ । नेपालमा पनि काेराेनासम्बन्धी गीत नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले ल्याएका थिए ।