धरान / कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनमा अप्ठ्यारोमा परेका आमचोकवासीका लागि भोजपुरको आमचोक गाउँपालिकाले होम डेलिभरी सेवा संचालन गर्ने भएको छ ।
सामाजिक दुरी कायम गरि अप्ठ्यारोमा परेका विमारीहरुलाई घरमै औषधी पु¥याउन शनिवार बैठकबसी निर्णय गरेको हो ।
बैठकले पालिका भित्र प्रवेश गर्ने नाका बन्ददेखि ज्यालादारमा काम गर्ने मजदुरलाई राहत सामग्री बितरण गर्ने सम्मको निर्णय भएको आमचोक गाउँपालिका अध्यक्ष असोक राईले जनाएका छन् ।
‘गाउँपालिका भित्र बसोबास गर्ने दीर्घ रोगी तथा नियमित औषधी सेवन गर्ने बिरामीलाई सो वडाका वडाअध्यक्ष तथा स्वास्थ्यकर्मीसगँ सहकार्य गरी औषधी उपलब्ध गराउने समेत निर्णय भएको छ ।’–अध्यक्ष राईले भने ।
बैठकले बालांखामा रहेका क्वारेन्टाइनबाहेक अन्य क्षेत्रका लागि वडा नम्बर ९ दुम्माना र वडा नम्बर ६ बयाङमा १५÷१५ शैयाको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । लकडाउनकाकारण काम गर्न जान नपाएका श्रमिकहरुलाई राहत वितरणसमत गर्ने निर्णय गरेको छ ।
अध्यक्ष र उपाध्यक्षका उकमहिनाको तलव राहत कोषमा
गाउँपालिकाले राहत कोषसमेत खडा गरेको छ । पालिकाले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पालिका अध्यक्ष र उपाध्यक्षको एक महिना बराबरको सेवा सुबिधा उक्त कोषमा जम्मा गर्ने, कार्यपालिका सदस्य तथा वडा अध्यक्षबाट प्रतिब्यक्ति पाँच हजारका दरले राहत कोषमा जम्मा समेत गरिएको छ । त्यस्तै वडा सदस्याहरुलाई जनहीं एक हजारका दरले कोषमा जम्मा गर्न पनि लगाएको छ । गाउँपालिकाले यो बिपदको बेला सहयोग गर्नका उद्योगी, ब्यापारीलगायत अन्य महानुभावलाई अपिलसमेत गरेको छ । गाउँपालिकाको सिद्धार्थ बैंक आमचोक शाखामा रहेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष खाता नम्बर ०२६१५३६२११० मा नगद जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।