तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुमबाट कोरोना भाइरसकोे परिक्षणका लागि धरान पठाएका १० जनाको रिपोर्ट नेगेटिभ (संक्रमण नभएकाे) देखिएको छ ।
कोरोना भाइरसको संक्रमणको आशंकामा जिल्ला अस्पताल तेह्रथुमबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको थ्रट स्वाब नमुना परिक्षणका लागि पठाइएको थियो । आइतवार साँझ आएको रिपोर्टअनुसार सबैको पिसिआर कोभिड २ नेगेटिभ आएको अस्पताल प्रशासनले जनाएको छ ।
मेन्छ्यायेम गाउँपालिकाका ४ जना, म्याङलुङ नगरपालिकाका ३ जना र फेदाप गाउँपालिकाका ३ जनाको आईतवार विहान थ्रट स्वाव नमुन परिक्षणको लागि धरान पठाइएको थियो । प्राप्त भएको रिपोर्टअनुसार सबैलाई कोरोना संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले बताए ।
मेन्छ्यायेम गाउँपालिकाकका ४ जनाको गत शनिबार आरडिटी जाँचबाट पोजेटिभ देखिए पनि पिसिआरमार्फत नेगेटिभ देखिएको हो । क्वारेनटाइनमा रहेका म्याङलुङका ३ र फेदापका ३ जनाको समेत पिसिआरमार्फत नेगेटिभ देखिएको अस्पताल प्रशासनले जनाएको छ । हाल सम्म म्याङलुङमा ५ मेन्छ्यायेममा ४ र फेदापमा ३ गरि १२ जनाको पिसिआरमार्फत कोभिड १९ परिक्षण गरिएको छ ।
परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल प्रमुख आनन्द देवले बताए । निजहरूको स्वास्थ्य परीक्षण गरी आइतबारै डिस्चार्ज गरिने अस्पताल प्रशासनले बताएको छ ।