ब्लाष्टखबर । अन्य अस्पतालहरूमा गरीएकाे कोरोना परीक्षणको पुन: परीक्षण (क्रस भेरिसिफेसन) विपि प्रतीष्ठानबाटै हुने भएकाे छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार आइतबारबाटनेपालगञ्जस्थित भेरी अस्पताल र धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘क्रस भेरिसिफेसन’ गर्न दिइने भएको हाे ।
यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र ‘क्रस भेरिसिफेसन’ हुने गरेको थियो । यदि अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुले पुनः परीक्षण गरेपछि मात्र औपचारिक घोषणा गर्ने गरिन्थ्यो ।