दूधमा हुने प्रोटिन, क्याल्सियम, भिटामिन बी–२, बी–१२, ए, बि, डि सबै पनिरमा पाइन्छ । यसका साथै पनिर दाँतका लागि पनि लाभकारी हुने तथ्य पत्ता लागेको छ । पनिरमा पाइने खनिज, नुन, क्याल्सियम तथा फस्फोरस दाँतको इनामेलको रक्षा गर्छ ।
पनिरले हड्डीलाई मजबूत बनाउछ । पनिर एक यस्तो खाद्यपदार्थ हो, जसलाई विभिन्न परिकार बनाएर खान सकिन्छ । सलादमा होस् या तरकारीमा, पनिरलाई मिठो बनाएर खान सकिन्छ ।
पनिरका फाइदा निम्न छन्
हड्डी मजबूत बनाउछ स् पनिरमा पाइने क्याल्सियमले हड्डी बलियो बनाउछ । पनिरमा भिटामिन ए, फस्फोरस र जिङक पाइन्छ । भिटामिन बि पनि पनिरमा पाइन्छ,, जसले शरीरमा क्याल्सियम प्रदान गर्छ । खासगरी, बच्चा, गर्भवति महिला र वृद्धवृद्धाको हड्डीलाई मजबूत पार्न पनि पनिरले सहयोग गर्छ ।
स्वस्थ दाँत स् दाँतलाई बलियो बनाउन क्याल्सियम आवश्यक हुन्छ । पनिरमा क्याल्सियम उच्च मात्रामा पाइन्छ भने ल्याक्टोस निकै कम मात्रामा पाइन्छ । ल्याक्टोस एक यस्तो पदार्थ हो, जसले दाँतलाई नोक्सान पु¥याउछ । पनिरले सेल्भिया नामक पदार्थको प्रवाह बढाउँछ र दाँतबाट एसिड र चिनीलाई सफा पु¥याउछ ।
तनाव कम गर्छ स् राति निद्रा पर्दैन या तनाव हुन्छ भने सुत्ने बेलामा पनिर खाने हो भने निन्द्रा पर्छ । पनिरमा ट्राइप्टोफन एमिनो एसिड पाइन्छ जसले तनाव कम गर्छ र निद्रा बढाउन मद्दत गर्छ ।
पाचनशक्ति बढाउछ स् पनिरको सेवनले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउछ । रोग प्रतिरोधी क्षमता बढ्दा विभिन्न रोगबाट लड्ने क्षमता शरीरमा वृद्धि हुन्छ ।
गोलीगाँठाको समस्याबाट राहत स् गोलीगाँठाको समस्याको मुख्य कारण क्याल्सियमको कमी पनि हुन्छ । पनिरले यस्ता समस्याबाट मुक्ति दिलाउछ । प्रोटिन, क्याल्सियम र उच्च मात्रामा भिटामिन र मिनरल्स सेवनले यस्तो समस्या हटाउछ,, जुन पनिरमा हुन्छ ।