धनकुटा/कोरोना भाइरसको संक्रमणबाट बेलायतको लण्डनमा एक भूतपूर्व गोर्खा सैनिकले ज्यान गुगमाएका छन ।

लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ मा बसोबास गर्ने ८२ वर्षीय हरिमान गोम्देन तामाङको हिलिङडन अस्पतालमा मृत्यु भएको गेसो उपाध्यक्ष धर्म तामाङले जनाएका छन् । तामाङ नेपालको धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं. १, हात्तिखर्क को माक्लुङका स्थाई बासिन्दा थिए । उनी श्रीमती, छोरी कला र ज्वाईं मणि तामाङसंगै लण्डन बस्दै आएका थिए । उनका एक छोरा अष्ट्रेलियामा छन् ।

स्वास्थ्यमा समस्या आएपछि ८२ वर्षिया तामाङलाई पाँच दिनअघि हिलिङडन अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि उनलाई कोरोना पोजेटिभ भएको पहिचान गरिएको थियो । यसअघि उनलाई कुनै पनि प्रकारको स्वास्थ्य समस्य नभएको आफन्तले बताए । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या झण्डै एक दर्जन भन्दा वढी पुगेको वताइएको छ ।

तामाङ पेन्सन भए पछि नेपालमा रहेका वखत नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य भएर आफ्नो समुदायको हितमा काम गर्ने गरी वि.संं.०४८ साल देखी ०५१ सालसम्म जिम्मेवारी निर्वाह गरेको नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय अध्यक्ष महेन्द्रजंङ्ग तामाङले ब्लाष्ट खवर डटकमलाई वताए । स्वर्गिय तामाङले राष्ट्रिय जनमुक्ति पार्टीको धनकुटा जिल्ला कोषाध्यक्ष भएर काम गरेको पनि निवर्तमान जिल्ला अध्यक्ष हरिभक्त वान्तावा राईले बताएका छन् ।

अमेरिकामा पनि धनकुटा नगरपालिका–५ माथिल्लो कोप्चेका महेश अमात्यको कोरोनाका कारण निधन भएको छ । उनी नाटककार पनि हुन् । अमेरिकाको न्यूयोर्क बस्दै आएका अमात्यको कोरोना भाइरसको संक्रमित थिए । ६९ वर्षीय अमात्य केही वर्षदेखि पत्नीको साथ अमेरिकामा बस्दै आएका थिए ।