तेह्रथुम / जिल्लामा शनिबार सम्म १ सय ५७ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मार्फत कोराना भाइरसको संक्रमण परीक्षण भएको छ । परीक्षण भएका मध्ये मेन्छ्यायेम गाउँपालिकामा होम क्वारेनटाइनमा बसेका एक २८ बर्षका युवामा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा पोजेटिभ देखिएको छ । अन्य सबैको कोरोना (कोभिड–१९) नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय तेह्रथुमद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । क्वारेन्टाइनमा राखिएका र देश बाहिरबाट आएका नागरिकहरुको समेत कोरोना (कोभिड–१९) को परिक्षण भएको हो ।
लालीगुराँस नगरपालिकामा २९ जना म्याङलुङ नगरपालिकामा २६ जना, मेन्छयायेम गाउँपालिकामा ५४ जना, फेदाप गाउँपालिकामा २७ जना, आठराई गाउँपालिकामा १२ जना, र छथर गाउँपालिकामा ९ जना र को (आरडीटी) मार्फत कोराना (कोभिड–१९)को परीक्षण भइसकेको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिए ।
सरस्वती मावि म्याङलुङमा ४० जना, छथर शुक्रबारे दुग्ध चिस्यान केन्द्रमा १४ जना, पोक्लावाङ स्वास्थ्य चौकी, फेदापमा ९ जना, गौखुरी मावि मेन्छयायेममा २ जना र बसन्त मावि, बसन्तपुरमा ९ जना गरी जिल्लामा ७३ जनालाई क्वारेन्टाईनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।