धरान । कोरोनाभाइरसका कारण आमिर खान अभिनित ‘लाल सिंह चड्डा’ को रिलिज मिति पनि फेरबदल हुने सम्भावना बढेको छ ।

बहुप्रतिक्षित फिल्म ‘लाल सिंह चड्डा’ यो वर्ष नभई अर्को वर्षमात्रै रिलिज हुने सङ्केत देखाइएको छ । फिल्मका लेखक अतुल कुलकर्णीले एक अन्तरवार्तामा फिल्मको रिलिज यो वर्ष नभई अर्को वर्ष हुने बताए । ‘यस वर्षको डिसेम्बरमा रिलिज गर्ने भनेर हामी सबैले सोचेका थियौं’–उनले अन्तरवार्तामा भने । फिल्मको निर्देशन अद्धैत चन्दनले गरेका छन् । फिल्ममा आमिरका अलवा करिना कपुर, मोना सिंह, साउथ इण्डिन फिल्मका नायक विजय सेतुपतीको मुख्य भूमिका रहेको छ ।

यसकारण पनि ‘लाल सिंह चड्डा’ को पनि रिलिज मिति सर्ने निश्चित छ । धेरै पछि यो फिल्ममा आमिर देखिन लागेका हुन् भने उनको साथमा करिना कपुर पनि देखिँदै छिन् । जसमा करिनाले पहिलो पटक फिल्ममा अडिसन दिनु परेको थियो । करिना बलिउडकी सफल कलाकार मानिन्छिन् । तर, पनि यो फिल्मका लागि उनले अडिसन दिएकी थिइन् ।

यसअघि आमिर र करिना ‘थ्री इडियट’ मा देखिएका थिए । जुन फिल्म बक्स अफिसमा सुपर हिट बनेको थियो । शिक्षामा ‘घोकन्ते विद्या’ प्रति कटाक्ष गरिएको उक्त फिल्म दर्शकले पनि खुबै मन पराएका थिए । हालै रिलिजका लागि तयारीमा रहेका ‘८३’, ‘सूर्यवंशी’ जस्ता फिल्महरूको पनि रिलिज मिति सरेको स¥यै छ ।