सिरहा। कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रण गर्न सरकारले लगएका लकडाउनको लकडाउनका कारण सडक र बजार क्षेत्र सुनसान बन्यो ।
महामारिबाट बचनका लागि अहिले नागरिकहरुले लकडाउनलाई पूर्ण रुपमा पालना गरेको पाइएको छ । बिहान र बेलुकाकोे समयमा मात्रै सिरहामा तरकारी, खाद्यान्न किनमेलका लागि मानिसहरु छिट फूट रुपमा बजार निस्कने गरेको पाइन्छ ।
त्यसैगरी औषधि पसलमा, करिना पसलमा मानिसहरुको भिड लाग्ने गरेको छ । ग्यासको जोहोमा पनि मानिसहरु भिड लागेका देखिन्छन् । आधा सिलिण्डर ग्यासका लागि कुनै कम्पनीको ग्यास सहज पाएपनि कुनै कम्पनीको ग्यास बजारमा अभाव रहेको छ । एक कम्पनीको ग्यास अर्को कम्पनीले नसाट्दा उपभोक्ता समस्यामा परेका छन् ।
सिरहामा एम्बुलेन्स, खानेपानी, दुध,अस्पतालका सवारी साधन, प्रहरी, शवबाहन, खाद्यान ढुवार्नी, ग्यास ढुवानी, पेट्रोल, डिजेलका गाडी मात्र सडकमा गुडेका छन् । सदरमुकाम भन्दा बाहिर भित्री सडकमा भने केही फाटुफट्ट मोटरसाइकल चलेका छन् ।
प्रहरीले थप चोक–चोकमा चेकजाँचलाई कडाई गरेको छ, भने सडकमा देखिएका मानिसहरूलाई घरभित्रै बस्न आह्वान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्बेदीले बताए ।