धरान । भर्सटायल नायक ब्रायन डेन्नहेको ८१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ ।

पाँच दशकसम्म हलिउड फिल्म उद्योगमा आफ्नो फरक–फरक पहिचान बनाएका कलाकार ब्रायनको निधन भएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले दुई पटक टोनी अवार्ड हात पारेका थिए । उनको छोरीले ट्वीट गर्दै बुबाको मृत्युको खबर सार्वजनिक गरेकी छन् ।

ब्रायनले कोस्टाररको रूपमा ‘फस्ट ब्लड’ सिल्भार्डो, कोकोन, टोमी व्बाई जस्ता फिल्म खेलेका थिए । कोकोन विज्ञानमा आधारित फिल्म हो भने टोमी ब्वाई हाँस्यप्रधान फिल्म हो । उनी टिभी मुभीहरू पनि खेलेका थिए । कोलम्बिया विश्वविद्यालयमा अध्ययनताका भने उनी फुटबल खेलाडीसमेत हुन् ।

उनले ‘डेथ अफ अ सेल्समेन’ र ‘लङ डेज जर्नी इनटु नाइट’ फिल्मबाट टोनी अवार्ड जितेका थिए । पछिल्लो समय उनी ‘हाप एण्ड लिओनार्ड’ र ‘दी ब्लाकलिस्ट’ नामक सिरिजमा काम गरिरहेका थिए । माइकल एमसीकेनले ब्रायनलाई ‘ब्रिलियन्ट र भर्सटाइल’ कलाकार भएको बताए । हलिउडका थुप्रै कलाकारहरूले उनको तारिफ गर्दै मृत्युप्रति समवेदना प्रकट गरेका छन् ।