धरान । विश्वभर कोरोना महामारीबाट मर्नेको संख्या १ लाख ३४ हजारभन्दा बढी पुगेको छ ।
कोरोनाले सबैभन्दा बढी अमेरिकालाई आक्रान्त बनाएको छ । अमेरिकामा मात्रै २६ हजार ३३ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ६ लाख ९ हजार २४० छन् । हालसम्म विश्वभर संक्रमितको संख्या २० लाख ८३ हजार २३७ जना छन् । अमेरिकापछि सबैभन्दा बढी कोरोनाबाट संक्रमित हुनेको संख्या स्पेन रहेको छ । जहाँ १ लाख ७७ हजार भन्दा बढी मानिसलाई कोरोनाले आक्रान्त पारेको छ ।
त्यस्तै इटालीमा १ लाख ६२ जनाभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । महादेशीय हिसाबमा भने सबैभन्दा बढी ज्यान गुमाउने युरोप रहेको छ । जहाँ कुल ८५ हजार २७१ जनाको ज्यान गइसकेको छ । युरोपमा कोरोनाको संक्रमणको संख्या १० लाख ३ हजार २४८ रहेको छ । स्पेनमा मात्रै १८ हजार ५६ जनाको ज्यान गइसकेको छ । इटहरीमा २१ ह्जार ७२९ जनाको ज्यान गएको छ । जर्मनमा ३ हजार २५४ जनाको मृत्यु भइसक्दा १ लाख २७ हजार ५४८ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
फ्रान्समा १५ हजार ७२९ को मृत्यु भइसकेको छ भने १ लाख ४३ हजार ३०३ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । त्यस्तै बेलायतमा १२ हजार १०७ जनाको ज्यान गइसकेको छ भने ९३ हजार ८७३ जनामा संक्रमण भएको छ ।