धरान । कोरोना भाइरसको महामारीका कारण बलिउडका सात हस्तीको फिल्मको छायाङ्कनदेखि प्रदर्शनमै ब्रेक लागेको छ । कोरोनाको लकडाउन खुल्ने बित्तिकै ती हस्तीको फिल्मको छायाङ्कन प्रारम्भ हुने बताइएको छ ।

Deepika-Padukone_1709bac294d_original-ratio

दीपिका पादुकोणः बलिउड स्टार रणवीर सिंहसँग विवाह बन्धनमा बाधिएपछि फिल्म उद्योगमा केही कम उपस्थिति जनाएकी दीपिका पादुकोण चाँडै नै नयाँ फिल्ममा देखिन लागेकी थिइन् । तर, कोरोनाको महामारीका कारण फिल्म केही दिनका लागि सरेको छ । उनी निर्देशक सकुन बत्राको नयाँ फिल्ममा काम गर्ने लगभग पक्का भइसकेको छ । तर, फिल्मको नाम भने सार्वजनिक भएको छैन । तर, उनी अभिनित फिल्म ८३ पनि अहिले कोरोनाका कारण रिलिज हुन सकेको छैन । जहाँ भारतीय क्रिकेटर कपिलदेवको बायोपिकमा बनेको हो । उक्त फिल्ममा रणवीर सिंह नै कपिलदेव बनेका छन् भने उनी कपिलदेवकी श्रीमती रोमिलाको भूमिकामा छिन् ।

190611-Ranbir-Kapoor_16b46a41ffd_original-ratio

रणवीर कपुरः कपुर खानदानमा नयाँ हस्तीका रूपमा चिनिँदै आएका रणवीर कपुर पनि नयाँ फिल्ममा देखिने भएका हुन् । कोरोनाको लकडाउन खुल्ने बित्तिकै उनी पनि नयाँ फिल्मका लागि हस्ताक्षर गरिसकेको बताइन्छ । उनी आफ्नो प्रेमिका आलिया भट्ट अभिनित फिल्म ब्रह्मस्त्रमा देखिने भएका हुन् । यो फिल्म जुलाइमा रिलिज गरिन लागिएको छ ।

sharuk_khan

शाहरुख खानः बलिउडका किङ शाहरुख खानको पनि नयाँ फिल्म आउने भएको छ । कोरोनाभाइरसका कारण उनको फिल्म पनि लकडाउनमा परेको छ । उनी राजकुमारी हिरानीद्वारा निर्देशन हुन लागेको फिल्ममा देखिन लागेका हुन् । उक्त फिल्म प्रेमकथामा आधारित हुने बताइएको छ । तर, फिल्मको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन ।

kangana

कङ्गना रनौटः झाँसीकी रानीजस्ता हिट फिल्म दिइसकेकी बलिउड क्वीन कङ्गना रनौटको पनि नयाँ फिल्म आउन लागेको छ । राजनीतिज्ञ जयललितादेवीको बायोपिकमा बनेको ‘दलैभी’ मा उनी देखिँदै छिन् । नायिकासमेत रहेकी जयललितादेवीको बायोपिकमा बनेको यो फिल्मको चर्चा पनि अहिले व्यापक रहेको छ । तामिलनाडुमा ६ पटकसम्म मन्त्री पद खाइसकेकी जयललितादेवीको फिल्मले पनि कङ्गनालाई नयाँ उचाइ दिने निश्चित छ । यो फिल्म प्रदर्शनअघि नै विवादित बनेको छ ।

Taapsee-Pannu

तपसी पन्नुः थप्पडबाट निकै चर्चा कमाएकी तपसी पन्नु फेरि नयाँ फिल्ममा देखिन लागेकी छन् । उनी चाँडै नै ‘हसिन दिलरुवा’ नामक फिलममा देखिन लागेकी हुन् । उक्त फिल्म भिनिल माथ्युले निर्देशन गर्न लागेका हुन् । यो फिल्म आउँदो सेप्टेम्बरसम्ममा रिलिज गर्ने तयारीमा रहेको बताइन्छ । तर, कोरोनाको लकडाउनका कारण पनि फिल्मको छायाङ्कन मिति सारिएको छ ।

aamir-kareena

आमिर खान र करिना कपुरः निकै लामो समयपछि एकसाथ देखिन लागेका आमिर खान र करिना कपुरको पनि नयाँ फिल्ममा आउन लागेका हुन् । थ्रीइडियट पछि उनीहरू एक साथ लालसिंह चड्डामा देखिन लागेका हुन् । यो फिल्मको छायाङ्कन सुरु भइसकेको छ । यो फिल्म हलिउड फिल्म ‘फोरेष्ट गम्प’ को रिमेक हो ।