ब्लाष्टखबर । सरकारले थप १२ दिन लकडाउन बढाउने निर्णय गरेकाे छ ।
मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले कोरोना भाइरस रोथामका लागि लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेकाे हाे । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठक चाैथाेपटक थप १२ दिन लकडाउन थप गर्ने निर्णय गरेको हो । तेस्रोपटक थपिएको लकडाउनको अवधि भोलि बुधबार सकिँदै थियो ।