धरान । चीनमा नयाँ कोरोनाभाइरसका संक्रमितहरू फेला परेका छन् ।

चीनमा पछिल्लो समय १ सय ८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । रसियाको सीमा क्षेत्र नजिकैको शहरमा नयाँ कोरोना संक्रमितहरू भेटिएका हुन् । पछिल्लो समय चीनमा कोरोना संक्रमितको संख्या घट्दै गएको पाइएको थियो । चीनको बुहानबाट सुरु भएको कोरोना अहिले संसारभर फैलिएको छ ।

हाइलोङजियाङ प्रान्तमा नयाँ कोरोनाका संक्रमितहरू भेटिएका हुन् । यो चीनको पूर्वोत्तर क्षेत्रमा पर्दछ । रसियाबाट फर्किएका चिनियाँ नागरिकहरूमा कोरोनाको संक्रमण देखिएको हो । ९९ दिनअघिबाट चीनमा कोरोना देखिएको थियो । सबैभन्दा बढी मार्च ५ मा कोरोना संक्रमितहरू भेटिएका थिए ।