ब्लाष्टखबर । लकडाउनकाे माैका छाेपेर सुन पसलमा चाेरी गर्ने  २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान १७ बगानटोलका २९ वर्षीय दनी राई र धरान ११ का १९ वर्षीय हिमाल राई रहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

उनीहरुले शनिबार धरान ११ मा सपना ज्वेलर्सकाे ढोका फुटाएर करिब १ लाख ४० हजार मुल्य बराबरको चाँदीका गरगहना चोरी गरेका थिए । प्रहरीले चोरीको भएको सुचना पाए पछि खोेजतलास गर्दा धरान ११ स्थित यलम्बरहाङसा चोकबाट दुबैलाई पक्राउ गरेको हाे । 

 उनीहरुको साथबाट चोरी भएको चाँदीका गरगहनासहित लागुऔषध खैरो हिरोइन हजार मिलिग्रमा र २ थान मोवाईल सेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई सुनसरी जिल्ला अदालतमा चोरी तथा लागुऔषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।