ब्लाष्टखबर । कैलालीमा थप १ काेराेना संक्रमित भेटिएकाे छ ।
कैलालीको लम्की चुहा भन्ने ठाउँमा १ महिलालाई काेराेना भाइरस (कोभिड-१९)काे संक्रमण भेटिएको हाे ।
संक्रमित महिला वीरगञ्ज नाकामा चिया पसल गर्ने गरेकाे र ९ चैत देखी लम्की स्थित भुरुवामा आफन्त कहाँ बस्दै अाएकी जनाइएकाे छ। यस अघि विरगन्जमा रहेका ३ भारतीयमा काेरानाकाे संक्रमण देखीएकाे थियाे ।
संक्रमित महिलासंगै नेपालमा काेराेना संक्रमितकाे संख्या १३ पुगेकाे छ । जसमा १ जना निकाे भएर घर फर्कीएका छन् भने बाँकी १२ जना उपचारमा रहेका छन् ।