धरान । सुनसरीको रामधुनीमा एक बालकले आत्महत्या गरेपछि आत्महत्यामा नयाँ बहस सुरु हुन थालेको छ ।
रामधुनी नगरपालिका–५ भमरीचोकका १२ वर्षीय उसब श्रेष्ठले झुण्डिएर आत्महत्या गरेका छन् । १२ वर्षीय बालकले आत्महत्या गरेपछि नयाँ बहस थालिएको हो । घरमै झुण्डिएको अवस्थामा आत्महत्या गरेको पाइएपछि परिवार शोकमा डुबेको छ । छरछिमेकीहरू यस विषयलाई लिएर अचम्मित बनेका छन् ।
घटनाको पुष्टि इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले गरे । उनले १२ वर्षीय बालकले के कति कारणले आत्महत्या गरेको हो भन्ने विषयमा सूक्ष्म ढंगले अनुसन्धान थालिएको बताए । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको छ । तर, १२ वर्षीय बालकले आत्महत्या गरेको विषय अहिले गाउँ नै गर्माएको छ ।
घटनाका विषयमा गाउँघरमा थुप्रै खाल्का टिकाटिप्पणीहरू सुरु भएका छन् । आत्महत्या हो कि हत्या भन्ने विषय पनि उस्तै गरी उठेको छ । तर, अहिलेसम्मको प्रारम्भिक अवस्थालाई हेर्दा बालकले आफैँले आफैलाई मारेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अनुसन्धानका दायरा भने केही फराकिलो बनाएर अनुसन्धान अगाडि बढिरहेको इन्स्पेक्टर कैलाश अधिकारीले बताए ।