उदयपुर । उदयपुरमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

चौदण्डीगढी नगरपालिका–३ राजारानीबाट स्थानीय २७ वर्षीय नवराज राई र २६ वर्षीय निर्मल राई पक्राउ परेका हुन् । भरुवा बन्दुकको प्रयोग गरी राति जंगली जनावर मार्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । शंकास्पद लागेर सोधपुछ गर्दा पदमबहादुर राईको घरमा भरुवा बन्दुक राखेको भने पछि राईको घर खान्तलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा १ थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।

पदमबहादुर घरमा नभएकाले उनको खोजतलास भइरहेको छ भने पक्राउ परेकाहरूलाई इप्रका बेल्टारमा राखी हातहतियार खरखजनासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।