उदयपुर । लकडाउनको समयमा उदयपुरको एक सामुदायिक वन क्षेत्रमा रुख कटान भएको छ ।
कटारी नगरपालिका–२ को ताला खोला किनाराको सामुदायिक वन क्षेत्रभित्र सिसौ प्रजातिको रुख कटान भएको हो । सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिनका लागि लागू गरेको लकडाउनका समयमा वन फडानी गरिएको स्थानीयहरूले बताए ।
रुख कटान गर्ने व्यक्तिहरूले वनसँग अनुमति लिएर कटान गरेको भन्ने गरेको स्थानीय उदित खनालले बताए । यस्तो अवस्थामा उपभोक्तालाई समेत जानकारी नगराई आफू खुशी रुख काटान गरी तीन ट्याक्टर सिसौ काटेर लागेको उनले बताए । वन कार्यलयले सिसौ काट्न कुनै अनुमति नदिएको डिभिजन वन कार्यलय त्रिवेणीका प्रमुख उपेन्द्र पटेलले बताए । बिना अनुमति रुख काटिएको भए कानूनअनुसार कारबाही हुने उनले बताए ।