धरान । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–३ मा एक ५२ वर्षीया महिलाको लडेर मृत्यु भएको छ ।

स्थानीइ आलोकमाया सुनुवारको आज बिहान लडेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । खिजिदेम्बा–३ स्थित चण्डेश्वरीको गोरेटो बाटोमा हिँडिरहेको समयमा अचानक ५० मिटर तल खसेर ढुङ्गामा ठोक्किन पुगेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएको प्रहरी कार्यालयले आफ्नो आधिकारिक वेवसाइटमा जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले घटनाको विषयमा जानकारी हुनेबित्तिकै सम्बन्धित क्षेत्रको प्रहरीलाई घटनाको विस्तृत विवरण बुझ्नका लागि खटाएको थियो ।