धरान । कोरोनाको महामारीका बेला राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पानबारी शाखाले जनपद प्रहरी र ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्यसम्बन्धी सामग्री प्रदान गरेको छ ।
शाखाले आइतबार इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई सेनिटाइजर, मास्क, हेण्डग्लोभ्स्, डिटोल साबुन हस्तान्तरण गरेको छ । शाखाका प्रबन्धक शिवशङ्कर लहुटिया र सहायक प्रबन्धक दीपेन्द्र भट्टराईले संयुक्त रूपमा सामग्री प्रदान गरेका हुन् । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सामग्रीहरू प्रदान गरेको प्रबन्धक लहुटियाले बताए ।
२४ सै घण्टा सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरूलाई स्वास्थ्यमा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै सामग्रीहरू प्रदान गरिएको प्रबन्धक लहुटियाले जानकारी दिए । बैंकले इलाका प्रहरी कार्यालयलाई मास्क ४ सय थान, हेण्डग्लोभ्स् सय जोर, पन्ध्रसय एमएल सेनिटाइनजर, डिटोल साबुन १० थान हस्तान्तरण गरेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । डिएसपी न्यौपानेले कोरोनाभाइरसको महामारीका बेला सुरक्षाकर्मी उच्च जाेखिममा रहने भएकाले स्वास्थ्य सामग्री उपलब्ध गराएकाेमा धन्यवाद ज्ञापन गरे ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर अञ्जन कोइरालाले आफूहरूलाई २ सय थान मास्क, सय जोर हेण्डग्लोभ्स्, बाह्रसय पचास एमएल सेनिटाइजर र ५ थान डिटोल साबुन प्राप्त गरेको बताए ।