बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ५ मा जग्गाको विषयमा वादविवाद हुँदा छिमेकीको खकुरी प्रहारबाट तीननजना घाइते भएका छन् । शुक्रबार विहान ९ वजे छिमेकीसँग जग्गाको विषयमा सामान्य विवाद हुँदा खुकुरी प्रहार हो ।
खकुरी प्रहारबाट अर्जुनधारा ५ का ३२ वर्षीय सुभद्रा गेलाल, ७२ बर्षीया जानुकादेवि गेलाल र उनका ३० वर्षीय छोरा केशव गेलाल घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार सोही ठिउॅ बस्ने गेलाल परिवारसँग छिमेकी पुण्यप्रसाद खनालको जग्गाको विषयमा वादविवाद भएको र वादविवादको क्रममा खनालले उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए ।
घाइते तीनै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइते मध्ये सुभद्रा गेलालको अवस्था गम्भीर रहेको आफन्तले बताएका छन् । उनको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । उनको आईसियुमा राखेर उपचार भइरहेको पारिवारीक स्रोतले बताएको छ । खुकुरी प्रहार गर्ने खनाललाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी बुझाएको जनाएको छ ।
जग्गा विवादमा खुकुरी प्रहार, तीन घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































