धरान । लकडाउन उल्लङ्घन गरेर धरान–१३ र २० नम्बरको क्षेत्रमा दाउरा काट्न गएका २५ जना स्थानीयलाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट दाउरा काट्न प्रयोग गर्ने विभिन्न प्रकारका १७ थान घरेलु हतियारसमेत नियन्त्रणमा लिएको छ । दाउरा काट्दै गरेको समयमा सशस्त्र सुरक्षा बल धरान–१३ ले नियन्त्रणमा लिएर कारबाही गरेको हो । नियन्त्रणमा लिएका स्थानीयलाई सामान्य कारबाही गरेर छाडिएको डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दाउरा काट्न प्रयोग गर्ने ५ थान बञ्चरो, ५ थान कुखुरी, ४ थान दाउ, र ३ थान खुर्पा बरामद गरिएको छ । बरामद गरिएको हतियार भने धरान उपमहानगरपालिकालाई बुझाइएको छ ।