धरान / लकडाउनेको समयमा धरान–४ का एक महिलालाई करणी गरेको आरोपमा स्थानीय ४२ बर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २६ गते विहान २ बजेको समयमा जीतबहादुर राईले ती महिलालाई जव्व्बरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले आज राईलाई पक्राउ गरेको हो ।
उनले राती पीडितलाई दवाव दिएर करणी गरेका थिए । पक्राउ परेका राईलाई आजै जिल्ला अदालत सुरनसरीमा म्याद थप गरि आवश्यक अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।