ब्लाष्टखबर । बाजुरामा अाफ्नै श्रीमानले ३३ वर्षीयालाई गोली हानी हत्या गरेका छन् ।
गौमुल गाउँपालिका ४मा बुधबार राती ४० वर्षीय श्रीमान् गोरख रोकायाले ३३ वर्षीया श्रीमती सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
भैंसी गोठमा भरुवा गोली हानेर हत्या गरिएको अवस्थामा श्रीमतीकाे शव फेला परेपछि बिहीबार बिहान माइती पक्षले प्रहरीलाई जानकारी गराएका थिए ।
जानकारीपछि गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृतकका श्रीमान गोरख रोकाया र एक थान बरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । मृतक सुन्तुको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।