मोरङ/मुलुक लकडाउन भइरहेको अवस्थामा अवैध लागूऔषधको धन्दामा लागेका गिरोह ब्राउन सुगरको तस्करी गर्ने गरेको पाइएको छ ।
 
इलका प्रहरी कार्यालय बेलबारीले ब्राउन सुगरसहित दुई जना गिरोहलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । प्रहरीले सिराहको साविक चन्द्रलालपुर मिचैयाँ ३ घर भइ हाल गोलबारज नगरपालिका ३ का २३ वर्षिय सन्तोष सिंह र सोही ठाउँका २४ वर्षिय बिजय कुमार मण्डललाई ब्राउन सुगरसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ३२ ग्राम ६९ मिलिग्राम ब्राउन सगुर बरामद गरेको एसपी अधिकारीले बताए ।
 
पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले भिडियो ‘कन्फेरेन्स’ मार्फत जानकारी दिइएको हो । ब्राउन सुगरको तस्करी गर्ने गिरोहले साथमा सवारी पास पनि भेटिएको छ । महेन्द्र राजर्माग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं. २–०१००१ प २६७२ नम्बरको मोटरसाइकलमा चेकजाचको क्रममा इप्रका बेलकारीका प्रमुख इनिसपेक्टर गुणराज बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले अवैध ब्राउनसुगर बरामद गरेको हो ।
 
‘विजय कुमार मण्डलले लगाएको जुत्ता भित्रको मजामा ब्राउन सुगर लुकाएर राखिएको अवस्थामा बरामद गरिएको हो,’ मोरङ प्रहरीका प्रमुख एसपी अधिकारीले भने, ‘विश्वभरी महामारीको रूपमा फैलिएको कारोना नियन्त्रणमा राज्यले लकडाउन गरिएको अवस्थामा तस्करीमा लागेका गिरोहले मौकाको फाइदा उठाउँदै अवैध धन्दालमा लागेको पाइयो ।’
 
पक्राउ परेका गिरोहले झापाको दमकबाट ब्राउन सुगर ल्याएको प्राराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए । ‘उनीहरूको सञ्जाल पक्ता लागउने प्रहरीले अनुसन्धान सुरू गरेको छ,’ एसपी अधिकारीले भने । पक्राउ परेका दुवै जनालाई इप्रका बेलबारीले थप अनुसन्धान गर्दै आएको छ ।