धरान / छोरी र श्रीमतीलाई आगो लगाएर फरार सुनसरीको बराहक्षेत्र–१० का एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बराह नगरपालिका वडा नं।१० प्रकाशपुर बस्ने बर्ष ३५ को सियाराम उराँवले ससुराली घर इनरुवा नगरपालिका वडा नं। ८ स्थितमा श्रीमती कमलकुमारी उराँव र ८ कर्षीय छोरी प्रतिक्षा, ६ बर्षीय प्रतिभा उराँवलाई रक्सी खाएर कोठाभित्र छोरी र श्रीमतिलाई पेट्रोल छर्किएर आगो लगाएका थिए । उनले राती ११ बजे आगो लगाएका थिए ।
उनीहरुको कोशी अस्पताल बिराटनगरमा उपचार भई रहेको छ । फरार रहेका सियाराम उराँवलाई प्रहरी चौकी प्रकाशपुरले चैत २४ गते पक्राउ गरेको छ । पक्राउ परेका उराँवकाे विषयमा अनुन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।