धरान । भारतमा कोरोनाभाइरसको संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १४ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने सबैभन्दा बढी महाराष्ट्रका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोनाले भारतलाई पनि प्रभावित गर्दै लगेको छ । हालसम्म भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या ५ हजार ३३१ पुगिसकेको छ ।

भारतमा एकैदिन ५ सय ३३ जनामा कोरोनाको संक्रमण देखिएको छ । भारत सरकारका अनुसार संक्रमितमध्ये ४ सय २१ जना उपचारपछि निको भएको तथ्याङ्क सार्वजनिक गरेको छ । हाल ४ हजार ७७० जनाको विभिन्न अस्पतालमा उपचारत छन् ।

भारतले २१ दिनसम्म लकडाउन जारी गरेको छ । लकडाउनको समयमा पनि थप प्रभावितको संख्या बढ्दै गएपछि भारत सरकारले लकडाउनलाई थप बढाउने तयारीसमेत थालेको छ ।