धरान / धरानमा खानेपानी वितरणमा चरम लापारवाही भएको पाइएको छ । एक महिनादेखि टोलमा पानी नआउंदासमेत मर्मत र वितरणमा संवेदनशीलता नदेखाएको स्थानीय उपभोक्ताहरुले गुनासो गदैं आएका छन् । उनीहरुले खानेपानी संस्थान र खानेपानी व्यवस्थापन बोर्डमा समस्या राखेको एक महिनासम्म पनि समाधान नभएपछि उनीहरु निराश भएका छन् । कोरोना संक्रमणबाट जोगिन पटक पटक सावुन पानीले हात धुनु पर्नेहुन्छ । तर घरमा खानेपानीसमेत नहुदा धरानवासी समस्यामा परेका छन् । चैत लाग्दैं पानीको समस्या हुदासमेत धरान उपमहानगरकामेयर उपमेयर, खानेपानी संस्थान, खानेपानीबोर्ड व्यवस्थापन समिति कामनमा तेल हालेर बसेको उपभोत्तालेआरोप लगाएका छन् ।
धरान १५ सयपत्री मार्ग र मदन आश्रित मार्गमा लामोसयमदेखि पानी नआए पछि मंगलबार उपमेयर मञ्जु भण्डारीको घर नै घेर्न पुगेका थिए । उपमेयर भण्डारीले प्राविधिकलाई समस्या बुझ्न निर्देशन दिईसकेको बताइन् । त्यसतै धरान १५ कै भानुमार्गमा १ दिन विराएर दिने गरेकोमा त्यो पनि बन्द भएको स्थानीय विजय श्रेष्ठले बताए ।
खानेपानी उत्पादन र वितरणका लागि दक्ष जनशक्ति, अनुभव र प्राविधिक हिसावले खानेपानी व्यवस्थापन बोर्ड पूर्ण सक्षम नहुंदै असफल तथा अधुरो र अपुरो खानेपानी आयोजना हतार हतार जिम्मा लिईएको, आयोजनाले सम्झौता बमोजिम पानी उत्पादन गर्न नसकेको र संस्थानको हातखुट्टा बांधिएको कारण धरान १५ मा मात्र होइन सबै वडामा समस्या आएको अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङले बताए । अहिले खानेपानीको समस्या आयोजना, बोर्ड, संस्थान कसलाई भन्ने जनतानै अन्यौलमा परेको उनी बताउछन् ।

khanepani khanepani

फाइल तस्बिर


आयोजनाले १ करोड ५२ लाख २० हजार लिटर पानी दैनिक उत्पादन गर्नुपर्नेमा पूर्ण क्षमतामा उत्पादन गर्दा पनि औसत ६० लाख लिटर मात्र उत्पादन हुने गरेकाले हाहाकारको स्थिति सिर्जना भएको उनले बताए । आयोजना प्रमुख, परामर्शदाता, ठेकेदार र एडिवीको प्रतिनिधिसंग आवश्यक छलफल गरी सम्झौता बमोजिम पानी उत्पादन गर्न आवश्यक थप वेल जडान नगरिएमा र वितरण प्रणालीमा पनि सुधार नगरिएमा सुख्खा याममा समस्या झन भयावह हुंदै जाने उनले बताए ।
खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान–९ का अध्यक्ष रत्न कट्वालसहित पानीको लागि धर्नामा बस्दा समस्या समाधान गर्ने भने पनि हालसम्म कुनै व्यवस्थापन गर्न नसकेको उपभोक्ताहरुले बताएका छन् । धरान–९ मा अझै पनि समस्या उस्तै भएको वडा अध्यक्ष कटवालले बताए । लकडाउनको समयमा प्रयाप्त पानी अभावले उपभोक्ताहरु अर्को आन्दोलन गर्ने अवस्था आएको धरान–९ का स्थानीय राजन खत्रीले बताए ।