धरान । कोरोनाभाइरसको संक्रमणबाट पाकिस्तानका एक बरिष्ठ चिकित्सकको मृत्यु भएको छ ।

कोरोना संक्रमितहरूको उपचार गर्दागर्दै कोरोनाबाट संक्रमित बन्न पुगेको थिए । उनी आइसोलेसनमा रहेका थिए । सोमबार उनको निधन भएको हो । फिजिसियन तथा छालारोग विशेषज्ञ डा. अब्लुल कदिर सोम्रोको निधन भएको हो । पाकिस्तानको कराँचीस्थित इन्दुस हस्पिटलमा उपचाररत थिए । उनी अलखैदमत हस्पिटलमा सुपरिडेटेन्डेन्ट रहेका थिए ।