पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा खानेपानी समस्या

alt
  • चैत्र २५, २०७६
  • रमेश थापा

पाँचथर । पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा खानेपानी समस्या देखा पर्न थालेको छ । देश लामो समयदेखि लक डाउनको अवस्थमा भएको बेला गाउँपालिकामा खानेपानी समस्या देखा परेको हो । गाउँपालिकामा संचालित तमोर लिफ्ट खानेपानी योजनामा विद्युतिय समस्या देखा पर्दा खानेपानीको अभाव देखा परेकोे छ ।

खानेपानीको समस्याका कारण घण्टौं लगाएर पानी बोक्नु परेको स्थानीय गंगा चेम्जोङ बताउछन् । कुम्मायक ५ को बिजुवापानी डिपबोरिङमा समस्या देखा परेपछि खानेपानी समस्या देखा परेको छ । त्यस्तै तमोर खानेपानी योजना पनि अनियमित हुदा ३ घण्टाको बाटो हिडेर पानी बोक्नु परेको चेम्जोङको भनाइ छ ।

तमोर खानेपानी योजनाबाट सुख्खाक्षेत्रका ७० प्रतिशत नागरिकले तमोर लिफ्ट खानेपानीको उपभोग गर्दै आएका छन । केही दिन अघि योजनाको ५ औ खानेपानी ट्याङकीको ट्रान्सफर्मरमा समस्या देखा परेको थियो । तर नयाँ ट्रान्सफर्मर जडान गरेपछि विद्युतीय समस्या देखा पर्दा नियमित खानेपानी संचालन नहुदा बजार क्षेत्रमा समस्या झन जटिल बनेको छ ।

बजार आसपासमा खानेपानीका श्रोत नहुदा समस्या देखा परेको बजारवासीको गुनासो छ । बजारमा देउराली खानेपानी, डिपबोरिङ खानेपानी योजना र तमोर लिफ्ट खानेपानी योजना नियमित संचालन नहुदा लकडाउनको अवस्थमा समस्या भएको यासोक बजारका व्यवसायी अविशेक श्रेष्ठले बताए ।

स्वास्थ्य मन्त्रीकै ...

लक्ष्मीमार्ग/कोरोना भाइरसका कारण लकडाउन हुदाँ जनताले भन ...

स्वास्थ्यमन्त्री ढक ...

विवेक मिश्र मोरङ / कोरोना भाइरसका कारण लकडाउन हुदा ...

प्रदेश २ मा २३२ संक ...

 धरान  /  प्रदेश २ मा संक्रमितको संख्या ...

नेपालमा ६८२ मा संक्र ...

धरान  / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved