धरान । तीनदेखि धनकुटाको साँगुरीगढी–६ स्थित तीन वटा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।
रमितेडाँडा सामुदायिक वनबाट शुरु भएको डढेलो पाथीभरा र लिम्बुनीपाखा सामुदायिक वनमा समेत क्षति पु¥याएको छ । तीनवटै सामुदायिक वनमा गरेर करिब २५ रोपनी क्षेत्रफलमा डढेलो लागेको छ । आइतबार साँझबाट एक्कासी शुरु भएको डढेलोले तीनवटा सामुदायिक वनमध्ये पाथीभरामा सबैभन्दा बढी क्षति भएको छ । पाथीभरा सामुदायिक वनका अध्यक्ष भूवनबहादुर लिम्बूका अनुसार पाथीभरा सामुदायिक वन ३० हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएकाेमध्ये १० हजार ५ सय वर्गकिमि क्षेत्रफलमा क्षति पु¥याएको छ ।
यो भनेको ३५ प्रतिशत हो । डढेलोका कारण कालिज, मृग, ससाना चराहरू तथा सरीसृप प्रजातिहरूलाई पूर्ण क्षति पु¥याएको साँगुरीगढी–६ का वडाध्यक्ष यमप्रकाश मगरले जानकारी दिए । उनका अनुसार कुनै उपभोक्ताले चुरोट खाएर ठुँटा फालेका कारण त्यसैबाट आगो लागेको अनुमान गरिएको छ । आगो नियन्त्रणमा लिनका लागि भेडेटारबाट करिब नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी, स्थानीयबासी, सामुदायिक वन उपभोक्ताका सदस्यहरू सक्रिय रहेका थिए । करिब ३ सयको हाराहारीमा डढेलो नियन्त्रण लिनका लागि सक्रिय भएका थिए ।
मङ्गलबार अपरान्ह फायरलाइन बनाएका कारण पूर्ण नियन्त्रणमा लिन सफल भएको पाथीभरा वन समूहका अध्यक्ष भूवनबहादुर लिम्बूले बताए । ‘फायरलाइन बनाएर मात्रै नियन्त्रणमा लिन सफल भयौं, फायरलाइन नबनाएको भए थप क्षति हुनेथियो’–उनले भने । डढेलो भएको क्षेत्र भेडेटार बजारबाट करिब ८ किलोमिटर उत्तरतर्फ पर्छ ।
































