धरान / पानी आउन छाडेर पछि धरान–१५ स्थित सयपत्रिमार्ग, मदनआश्रित मार्गका स्थानीयहरुले धरान उपमहमानगरपालिकाकी उपमेयरको घर घेराउ गरेका छन् । एक साता भन्दा अघिदेखि धारामा पानी आउन छाडे पछि पानी नियमित पाउने व्यवस्थापन गर्नमाग गदैं घरघेराउ गरेका हुन ।
कोरोना भाइरस संक्रमणबाट बच्न पटक पटक सावुन पानीले हात धुनुपर्ने भन्दैं उपमहानगरपालिकाले सूचना प्रवाह गदैं हिडे पनि टोलमा खानेपानी नै अभाव भएको स्थानीय विष्णु कोइराला बताउछन् । खानेपानी संस्थान र खानेपानीव्यवस्थापन बोर्डलाई पटक पटक भन्दासमेत कुनै सुनुवाई नगरे पछि उपमहानगरको ध्यानाकर्षणहोस भनेर उपमेयरलाई मौखिक जानकारी गराइएको उनले बताए । उपमेयर पनि टोलकै छिमेकी भएकाले घरमैपुगेर ध्यानाकर्षण गराइएको स्थानीयले बताएका छन् । 
धरानका अधिकांश वडाहरु यति बेला पानीको अभाव छ । धरान–१५ आडालाई, सयपत्री मार्गलगायत टोलमा लामो सयम देखि पानी धारामा पानी आएको छैन् । १५ नंं वडामा एडिविको धरान जडान गरिएको भए पनि चैत महिनामा पानी अभाव शुरु भएको छ ।
संक्रमण फैलिने भयवित अवस्थामा नियमित खानेपानीको व्यवस्थापन गर्न स्थानीइले उपमहानगरलाई आग्रह गरेका छन् ।
उपमहानगरकी उपमेयर भण्डारीले आफुको ध्यानाकर्षण भएको भन्दैं खानेपानी वोर्डका प्राविधिकलाई बोलाएर समस्या समाधान गर्न लगाएको बताइन । कनेक्सन मै कहाँ  समस्या भएकाे छ खाेलेर हेर्न मैले निर्देशन दिइसकेकाे छु ।' उपमेयर भण्डारीले भनिन ।