बिर्तामोड झापाको हल्दिवारीमा एक ब्यक्तिले सामान्य बिवादमा छुरा प्रहार गर्दा सोही स्थानका ६५ बर्षीय जसबहादुर राई गम्भिर घाइते भएका छन् ।
सोही स्थानका ६५ बर्षीय कुलबहादुर राईले सोमबार भएको सामान्य बिवादपछि जसबहादुरलाई धारिलो छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हल्दिवारी–५ मा बसोबास गर्ने छिमेकीसमेत रहेका राईको बायाँ कोखामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
घटनापछि सो स्थानमा पुगेको प्रहरीले घाइतेलाई मेची अस्पताल भद्रपु्र पठाएको तथा छुरा प्रहार गर्ने कुलबहादुरलाई नियन्त्रणमा लिएर अनुसंधान शुरु गरेको प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।