कालाबन्जर / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ३ बिचपानी चौकस्थित चतरा नहरमा सोमवार एक ३२ वर्षीया सरिता देवान  नाम गरेकी महिलाको शव बेबारिसे अवस्थामा प्रहरीले  फेला परेको छ ।
 
नहरमा बगेर उक्त स्थानमा आइपुगेको हुनसक्ने अनुमान गरिएको शव नहरको छेउमा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घट्नास्थलमा पुगेका प्रहरीका अनुसार महिलाले लगाएको पेन्टमा एउटा पासपोर्ट साइजको तस्बिर र युगल लिम्बुको अंग्रेजीमा जीआरएसीई ग्रेस इङलिस स्कुल एफिलेटेड टू आई.सी.एस.ई. न्यु दिल्ली, डब्लुबी–२९२ आइडी कार्ड समेत फेला परेको छ । लास हेर्दा ३/४ दिन पहिलेकाे हुने सक्ने अनुमान प्रहरीकाे छ ।
पासपोर्ट साइजको तस्बिरमा रहेको महिलाको भारत सरकारको आयकर बिभागको स्थायी लेखा नम्बर कार्ड समेत साथमा भेटिएको इलाका प्रहरी प्रमुख शरणकुमार दाहालले बताए । कार्डमा सरिता देवान नाम लेखिएको छ । पिताको नाम करण देवन छ । अनुहार भने चिनिने अवस्था नभएको आधा लुगा खुलेको अवस्थामा शव भेटिएको बराहक्षेत्र प्रहरीले जनाएकाे छ ।  
 बरामद शवलाई प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । 
 
FB_IMG_1586163788366