ब्लाष्टखबर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साझ कोरोना विरुद्ध एकला देखाउन भारतिय नागरिकलाइ दियो बाल्न आग्रह गरेका थिए । उनको आग्रह अनुरुप भारतका आम सर्वसाधरण देखी लिएर सेलिब्रेटी, राजनितीज्ञ, व्यापारी लगायतले आइतबार साझ ९ बजे देखी ९ मिनेट सम्मकालागि आफ्नो घरको वत्ती मारेर दियो मैनवत्ती, टर्च लगायत बालेर कोरोना विरुद्ध एकता देखाएका थिए ।

तर, प्रधानमन्त्रीको उक्त आनव्हानलाई सर्मथन गर्दै एक व्याक्तिले आफ्नो शरिरको वरिपरी मैनवत्ती बालेको भिडियो यतिबेला सामाजिक संञ्जालमा भाइरल बनिरहेको छ ।

बलिउड अभिनेत्री पूजा बेदीले टुइटरमा सेयर गरेको उक्त भिडियोमा एक व्याक्ती सिल्भर कलरको लुगा लगाएका छन् । ति व्याक्तीले आफ्नो टाउको माथी र शरिर वरिपरी कुनै कष्ट विनै मैनवत्ती बलेका छन् । अभिनेत्री वेदीले उक्त भिडियो शयर गर्दै भनेकिछिन् ‘ यी व्याक्ती मैन वत्ती बाल्ने अवाड जित्नेछन् । ’उक्त भिडियोमा गो कोरोनाको नारा समेत लागेको छ । यस अघि एक भारतीय नागरिकले काेराेना भगाउन थाल बजाउदै गाे काेराेना भन्दै कराएकाे भिडियाे भाइरल बनेकाे थियाे ।