मानिसहरुले समाजमा पुरुषहरुलाइ बहादुर तथा शक्तिशाली मान्ने गरेतापनि कुनै सम्बन्ध टुट्दाखेरी महिलाहरु भन्दा पुरुषलाई बढी दुःख पुग्ने कुरा एक सर्वेक्षणले देखाएको छ ।
अमेरिकाको वाके फोरेस्ट यूनिवर्सिटीका शोधकर्ताहरुले कुनै पुरुषको जीवनमा रहेको महिलासंगको सम्बन्धमा चिसोपना आँउदा उनीहरुको दिमागमा निकै ठुलो असर पर्न निक्यौल निकालेका छन । यसको प्रमुख कारण, एकातीर महिलाहरुले कुनै पनि घट्नालाइ साथीहरुसंग व्यक्त गरेर आफ्नो तनाव कम गदर्छ भने पुरुषहरु यस्ता घट्नालाई मनमा नै राखेर तनावमा रहने गर्दन् ।
यतिमात्र नभई यस्ता घट्नाले मानिसमा नकारात्मक सोच उत्पन्न गर्छ । साथै यसले खराब लततीर समेत धकेल्ने गर्छ । यस्ता घट्ना पछी उनीहरु तनावमुक्त हुनका लागी रक्सी वा अन्य नशाको सेवन समेत शुरु गर्र्ने गरेको पाइएको छ ।
यसका मुख्य शोधकर्ता प्रोफेसर रड्बिन शिमनका अनुसार सर्वेक्षणमा आएको यस्तो नतिजा अचम्म पार्ने खालको छ । साधारणतया महिलाहरु कमजोर हुनेहुनाले यस्ता घट्नाहरुबाट उनीहरुलाइ बढी प्रभाव गर्ने सोच रहेकोमा यस शोधको नतिजाले सबैलाइ हैरानीमा पु¥याएको छ ।
यसै सर्वेक्षणले मानिसहरुलाइ प्रेमले बढी फाइदा पु¥याउने गरेको समेत खुलासा भएको छ । प्रेममा राम्रो सम्बन्ध रहेका मानिसमा बढी फुर्ती हुनाकासाथ कम तनाव हुने गरेको समेत यस शोधले देखाएको छ । यस सर्वेक्षणमा पुरुषहरुले कम मानिसहरुलाई बिश्वास गर्ने तर महिलाहरुले भने आफ्ना साथीभाइ, नातेदार, सहकर्मीहरुसंग घुलमिल गरी बस्ने गरेको समेत देखाएको छ ।