उर्लाबारी / भारतसँग सिमाना जोडीएको दक्षिणी मोरङको रतुवामाई नगरपालीकाले शनिबारदेखि दैनिक ४ घण्टाका लागि अति आवश्यक सामाग्री खरिद विक्रीका लागि बजार खुलाउने भएको छ ।

लकडाउनका कारण बजार बन्द गर्दा ग्रामीण क्षेत्रका बासीन्दाहरु दैनिक उपभोग्य तथा कृषकहरु प्रभावित भएकाले बजारमा सामाजिक दुरी कायम गरी बिहान ६ बजेदेखि १० बजेसम्म बजार खुलाएको नगर प्रमुख रविन राईले बताएका छन ।

नगरपालिका अधिकांश बासिन्दाहरु कृषी पेशामा निर्भर भएका र यो समय पनि कृषी उपजमा सामाग्री खरिद तथा विक्री गर्ने महिना भएका कारणले दैनिक ४ घण्टाको समय उपभोग्य र कृषी पेशा सँग समन्धित पसल मात्र खुलाउने निर्णय भएको नगर प्रमुख राईले बताएका छन । यो नगरपालिकामा भारतको बरडंगाा नाकाबाट खुल्ला आवात जावत हुने भएता पनि लकडाउनका कारण ठप्प भएको छ ।