दैलेख / कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत विदेशका अन्य मुलुकबाट गृह जिल्ला दैलेख प्रवेश गर्नेको सङ्खख््या एक हजार सय ५६ पुगेपछि सतर्कतामा चुनौती बढेको हो ।

भारतका विभिन्न स्थानहरूबाट गृह जिल्ला दैलेख आएकामध्ये २३६ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । एक हजार २१३ जना आआफ्नै घरमा बसेका छन् । घरमा बसेका उनीहरूलाई सतर्कता अपनाउन भनिएको छ । चारपालिकामा रु करोड ५५लाखको राहतकोष जिल्लाका चार स्थानीय तहले रु एक करोड ५० लाखको राहत कोषको स्थापना गरेका छन् । कोरोनाको संक्रमणबाट बच्न स्थापना गरिने क्वारेन्टाइन, राहत वितरण र उपचारलगायतमा खर्च गर्नका लागि राहत कोषको स्थापना गरिएको हो ।