धरान । वैदेशिक रोजगारी अन्तर्गत बहराइनमा कार्यरत ९ जना नेपाली कामदारलाई कोरोनाको संक्रमण देखिएको छ ।

बराहराइनस्थित नेपाली राजदूतावासका अनुसार सल्मावादस्थित एक क्याम्पमा बसेका ९ जना नेपालीलाई कोरोनाको संक्रमण देखिएको हो । यसअघि दुबईमा कार्यरत दुई नेपाली कामदारलाई कोरोना भएको पुष्टि भएको थियो । हाल दुबईका दुवै नेपाली उपचार पछि फर्किएका छन् । त्यस्तै कुवेतमा पनि एक जना नेपालीमा कोरोना देखिएको थियो ।

बहराइनको उक्त क्याम्पमा नेपाली मात्रै ४ सयको हाराहारीमा कामदार रहेका छन् । यसअघि पनि तीन जना नेपाली कामदारमा कोरोना देखिएको थियो । योसँगै बहराइनमा मात्रै १२ जना नेपालीलाई कोरोनाको संक्रमण देखा परिसकेको छ । विश्वलाई नै आतंकित बनाएको कोरोनाका कारण सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ भने मृत्युदरका हिसाबले इटाली रहेको छ ।