धरान । भारतमा एकै दिन कोरोनाभाइरसका कारण १६ जनाको ज्यान गएको छ ।

शुक्रबार यो संख्यामा मृत्यु भएको भारतका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । महामारी शुरु भएयता कै भारतमा यति धेरैको संख्यामा मृत्यु भएको पहिलो हो । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८५ पुगेको छ । हालसम्म ३ हजार ८२ जनामा कोरोनाको संक्रमण भएको जनाइएको छ । शुक्रबार मात्रै ५ सय २ जना नयाँ संक्रमित भेटिएका थिए । अघिल्लो दिन यो संख्या ५४४ थियो ।

शुक्रबार भेटिएका संक्रमितहरूमध्ये २८० जना नयाँदिल्लीमा सम्पन्न धार्मिकसभामा सहभागी भएका र उनीहरूको सम्पर्कमा आएका मानिसहरू रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जहाँ १९ जना नेपाली पनि सहभागी बनेका छन् । शुक्रबार मृत्यु हुनेमध्ये ३ जना महाराष्ट्रका छन् भने आन्द्र प्रदेश, मध्य प्रदेश, हरियाणा, कर्नाटका तथा गुजरातका एक–एक जना छन् । त्यस्तै दिल्ली र तेलाङ्गनामा २–२ जनाको ज्यान गएको छ ।